समाचार

मेटल उद्योग आगलागीमा मृत्यु भएकाको परिचय खुल्यो

By खबरहब

April 07, 2024

काठमाडौँ– ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा भएको आगलागीमा मृत्यु भएकाको परिचय खुलेको छ ।

हिजो भएको आगलागीमा काभ्रेपलाञ्चोक पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्दै आएका थिए ।

आगलागीबाट १० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरी प्रवक्ता सुवेदीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।