राजनीति

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

By खबरहब

April 07, 2024

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको छ ।

पार्टी महासचिवको नेतृत्वमा बस्ने बैठकमा उपमहासचिव र सचिवहरु सहभागी हुने छन् ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने बताइएको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाइएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने बैठकमा २ हजार बढी प्रतिनिधि सहभागी हुनेछन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार केन्द्रीय कार्यालय बैठकले केन्द्रीय सचिवालय बैठकको मिति समेत तय गर्नेछ ।