तस्बिर : सटरस्टक

सूचना-प्रविधि

अकाउन्ट नबनाई च्याटजीपीटी प्रयोग गर्न सकिने 

By खबरहब

April 07, 2024

काठमाडौँ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को स्वामित्वमा रहेको च्याटजीपीटी प्रयोग गर्न अकाउन्ट बनाउनु नपर्ने भएको छ ।

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले एक ब्लगमार्फत अकाउन्ट बनाइरहन आवश्यक नभएको जानकारी दिएको हो ।

नोभेम्बर २०२२ मा सार्वजनिक भएको यो टुल प्रयोग गर्न प्रयोगकर्ताले अनिवार्य रूपमा अकाउन्ट बनाउनु पर्ने हुन्थ्यो ।

तर प्रयोगकर्ताल च्याटजीपीटीलाई सहजै प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले अकाउन्टबिनै प्रयोग गर्न सकिने फिचर ल्याएको जनाएको छ ।

तर भ्वाइस कन्भर्सेसन, च्याट शेयर गर्न, च्याट हिस्ट्री हेर्न अकाउन्ट बनाउनु पर्ने हुन्छ ।

ओपनएआईका अनुसार विश्वका १८५ देशका १० करोड बढी मानिसहरूले च्याटजीपीटी प्रयोग गर्छन् ।

पछिल्लो समय ओपन एआईले आवाज नक्कल गर्न सक्ने ‘भ्वाइस इन्जिन’ र शब्दकै भरमा फोटो तयार पार्ने प्लेटफर्म ‘सोरा’ सार्वजनिक गरेको छ ।