समाचार

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

By खबरहब

April 07, 2024

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।

जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।

सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ६ जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरूले नारा लगाएका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी