समाचार

मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र

By खबरहब

April 07, 2024

काठमाडौँ– गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यस अघि कोशी प्रदेश सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

याे पनि…

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त