शिक्षा

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल 

By खबरहब

April 07, 2024

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ताहरूले विद्यालयहरूमा राजनीतिक गर्न नपाउने व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए । साथै उनीहरूले शिक्षकको मर्यादाक्रम निर्धारण गरिनुपर्ने, शिक्षक नियुक्तमा एकरूपता कायम गर्नुपर्ने लगायत संशोधन राखेका छन् । त्यस्तै विधेयकमा शिक्षकको बढुवा लगायतमा संशोधन परेको छ ।

विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा सेवा आयोगको व्यवस्था गरिएको छ भने विद्यालयको प्रधानाध्यापक छनौट सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ ।