सुन्दरहरैचा – नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा संगठन विस्तार गर्ने भएको छ । सुनसरीको इटहरी २० तरहरा स्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजित समाजको वार्षिक साधारणसभा संगै एकदिने नेतृत्व तथा व्यक्तित्व विकास तालिममा वक्ताहरुले संगठन बिस्तारमा जोड दिएका हुन्।
कार्यक्रमका प्रमुख अतिथी नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तेज बहादुर पुरीले अन्य जातीय संगठनको तुलनामा दशनामी थोरै संख्यामा भएपनि उत्कृस्ट र अब्बल रहेको बताए । सामाजिक लगायत बिभिन्न क्षेत्रमा सकृिय देखिए पनि संगठन बिस्तार भने न्युन रहेको बताए । उनले देशभर कुल १ लाख ९८ हजार ८४९ दशनामी सदस्यहरु रहेको बताउदै समाजले इटहरीमा नौलो र उदाहरणीय कार्यक्रम गरेको बताए ।
त्यस्तै कार्यक्रमका नेपाल दशनामी समाजका केन्द्रिय कार्यवाहक महासचिव अशोक गिरीले समाज परिवर्तन देखि मुलुकमा लोकतन्त्र स्थापनामा दशनामीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । दशनामी संख्यामा थोरै भएपनि सामाजिक लगायत बिभिन्न क्षेत्रमा अब्बल रहेको उल्लेख गरे ।
कार्यक्रममा अध्यक्ष गोविन्द पुरीले आफ्नो कार्यकालमा वर्षभरी गरेको प्रगति विवरण पेस गरे । उनले आफ्नो नेतृत्वमा जिल्ला समिति गठन पश्चात् एक वर्षमा १९ वटा विभिन्न महत्वपूर्ण कार्यक्रमहरु गरेको बताए ।
अध्यक्ष पुरीले अबको १ वर्ष भित्र सुनसरीको १२ वटै स्थानीय तहहरुमा दशनामी समाजको संगठन बिस्तार गरि विभिन्न सीपमूलक तालिमहरु आयोजना गर्ने योजना रहेको सुनाए । त्यस्तै कार्यक्रममा समाजका सुनसरी कोषाध्यक्ष भुपराज गिरीले संस्थाले वर्षभरी गरेको आर्थिक विवरण पेस गरेका थिए । संस्थाले एक वर्षको अवधीमा सबै खर्च कटाएर कुल २लाख २३ हजार ५५० मुनाफा राखेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा सामाजिक अभियान्ता तथा सहकारीकर्मी टिकादत्त वनले नेतृत्व कसरी लिने र पाएको जिम्मेवारीलाई सहज ढंगले कसरी निर्वाह गर्ने जस्ता उपयोगी प्रशिक्षण दिएका थिए । उनले पछिल्लो समयमा वित्तिय क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु सहित उद्यमशीलता र संगठनात्मक क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रमुख प्रशिक्षणको भूमिका डा।तारा प्रशाद गिरीले युवा वर्गलाई लक्षित गरी प्रेरणादायी भनाइहरु सहित व्यक्तित्व विकास सम्बन्धि तालिम दिएका थिए । उनले देशको पछिल्लो राजनीतिक अवस्थाका कारण युवाहरूमा निराशा बढेको र दैनिक रोजगारीको खोजीमा बिदेशीनुपरेको तितो यथार्थ सुनाएका थिए । उनले युवाहरूलाइ प्रेरणा मिल्ने गरी ब्याक्तित्व बिकासबारे प्रशिक्षण दिएका थिए । नेपाल दसनामी समाज सुनसरीका सचीव राजन कुमार बनले सञ्चालन गरेको कार्यक्रममा दसनामीका करीब ४ सय युवा तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।