तस्बिरः बिबिसी

अन्तर्राष्ट्रिय

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

By खबरहब

May 07, 2024

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको विद्रोही समूहले दाबी गरेको छ।

काचिन प्रान्तको सौमप्राबोम सहर आफ्नो नियन्त्रणमा लिएको काचिन इन्डिपेन्डेन्स आर्मीका प्रवक्ता कर्नल नावबूले दाबी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बिबिसीले यसको स्वतन्त्र पुष्टि भने कसैले पनि नगरेको खबरमा उल्लेख गरेको छ।

म्यान्मारको सैन्य बल र विद्रोही समूहबिच एक हप्तादेखि जारी लडाइँपछि विद्रोही समूहले सहर नियन्त्रणमा लिएको दाबी गरेको हो।