अन्तर्राष्ट्रिय

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

By खबरहब

May 07, 2024

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख अखिलेश यादवले तीन चरणको चुनावबाटै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) इतिहास बनिसकेको दाबी गरेका छन्‌ ।

भारतमा यतिखेर लोकसभा निर्वाचन जारी छ । मंगलबार तेस्रो चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सीटमा मतदान भएको थियो ।

मतदानपश्चात यादवले ट्वीट गर्दै तीन चरणको चुनावले नै भाजपालाई इतिहास बनाइदिएको लेखेका हुन्‌ । ‘तेस्रो चरणमा इन्डिया गठबन्धनको समर्थनमा भएको जबर्जस्त मतदानबाट भाजपाले जतिसुकै षडयन्त्र गरे पनि जनताले मत दिएको पुष्टि गरेको छ ।’

तीन चरणको चुनावबाटै भाजपालाई मतदाताले तीन दशकका लागि देशको राजनीतिबाट बाहिर पुर्‍याइदिएको अखिलेशले लेखेका छन्‌ । कूल सात चरणमा हुने चुनावमा जनताले भाजपालाई आगामी ७० वर्षसम्मका लागि सत्ताबाट हटाइदिने पनि उनले दाबी गरेका छन्‌ ।