काठमाडौं– चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र ०८१/८२ (ब्याच २०२५) का लागि ८ हजार ७० सिट निर्धारण गरेको छ ।
आयोग कार्यकारी समितिको बैठकले साउन ३२ गते नै यस्तो सिटसङ्ख्या निर्धारण गरेको थियो । सो को विवरण आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयले हिजो (शनिबार) सार्वजनिक गरेको हो ।
मेडिकल कलेज लगायतले अब आयोगले निर्धारण गरेको सिटसङ्ख्या आधारमै चिकित्सा शिक्षा अध्यापन गराउन पाउनेछन् ।
आयोगले राष्ट्रिय चिकित्सा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ बमोजिम विदेशी, सैनिक कल्याणकारी कोष, सःशुल्क तथा छात्रवृत्ति (खुला तथा आरक्षित) समूह खुलाई विस्तृत विवरण प्रकाशन हुने समेत जनाएको छ ।
सन् २०२४ का लागि आयोगले कूल ७ हजार ५०४ सिट निर्धारण गरेको थियो । सन् २०२५ का लागि ११ हजार ७३५ सिट माग भएकोमा ८ हजार ७० सिट निर्धारण गरेको हो ।
सिटसङ्ख्या विवरणको सूचीः