राजनीति

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेश

By खबरहब

June 07, 2024

जनकपुरधाम- मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमतका सतिश कुमार सिंले दाबी पेश गरेका छन् ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र  नेपाल संघीय समाजवादीको समर्थनमा  प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष सिंहले दाबी पेस गरेका हुन् ।

सतिशलाई मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र  नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थन छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय छ ।