राजनीति

नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए सपथ

By खबरहब

June 07, 2024

जनकपुरधाम– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् । 

उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका हुन् ।

शुक्रबार जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थनमा उनी  मुख्यमन्त्री नियुक्त भएका हुन्।

गाउँपालिका अध्यक्षमा पराजित भएका सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेश

मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगे जनमतका सतिश सिंह