राजनीति

मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित १० मन्त्रीले लिए शपथ

By खबरहब

June 07, 2024

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिस सिंहले पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले नियुक्त गरेका १० मन्त्री र ३ राज्यमन्त्रीहरूले शपथ ग्रहण गरेका छन्  ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नेकपा एमालेबाट संसदीय दलका नेता समेत रहेका सराेज कुमार यादव भौतिक पूर्वाधार मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमोद जैसवाल शिक्षा तथा समाज कल्याण मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री  नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीको रूपमा शपथ लिएकी हुन् ।

यस्तै केशव राय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री, शारदा थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री,र रंजुकमारी खङले विन विभागीय राज्यमन्त्रीको रूपमा शपथ लिएकी हुन् ।

राज्यमन्त्रीहरूलाई नवनियुक्त मुख्यमन्त्री सिंहले शपथ गराएका हुन् ।