मनोरञ्जन

ईश्वरी बरालको ‘माया छ कि छैन’ सार्वजनिक (भिडिओसहित)

By खबरहब

June 07, 2024

काठमाडौं– गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ । गीत श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

त्यस्तै, म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ ।

भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ । त्यसैगरी कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।

शब्द, सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन् ।

भिडियाेमा हेर्नुहाेस् :