आर्थिक

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता

By खबरहब

June 07, 2024

काठमाडौं– कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय  वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत युएसएआइडी ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तीय सहयोग गर्ने छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईहरुमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।