फाइल फोटो

राजनीति

उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

By खबरहब

June 07, 2024

काठमाडौं–  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको  बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो ।

२३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा बनाएका थिए । जसलाई निर्वाचन आयोगले मान्यता दियो । त्यस विरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अदालत गएका थिए ।

यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पहिलो सुनुवाइमा उक्त आदेश जारी भए पनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।