समाचार

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाद्वारा एमालेको कार्यालय अवलोकन

By खबरहब

June 07, 2024

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी दिएका छन्  ।

दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले मुख्यालय गएका हुन् । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञासा राखेका थिए ।

उनको जिज्ञासाबारे आफूहरूले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए  ।

उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताए ।