फाइल फोटो

राजनीति

कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउने तयारी थालिसकेको छ : विमलेन्द्र निधि

By खबरहब

June 07, 2024

सुर्खेत- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा बहुमत ल्याउने गरी तयारीमा लागिसकेको बताएका छन्।

शुक्रबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा हटाउँदै असन्तुष्टि र असहमतिलाई मिलाउन देशभर छलफल र भेटघाट थालिएको जानकारी दिए।

‘पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ’, निधिले अगाडि भने ।

पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उनले बताए ।

निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूका कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताए। यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि टिक्न नसकेको उनले बताए ।

पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनले बताए ।