खेलकुद

इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

By खबरहब

July 07, 2024

काठमाडौँ– जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

इंग्ल्याण्डका लागि कोल पाल्मार, जुड वेलिंघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जन्डर अर्नोडले गोल गरेका थिए भने स्वीट्जरल्याण्डका फावियन स्चार, जार्दन साक्विरी र जाकी अम्बडोउनीको गोल सफल भएको थियो ।

यसअघि खेलको ७५औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बोलोले सुरुवाती गोल गरेका थिए । तर ८०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।