समाचार

मेलम्चीको बाढीले बेलिब्रिज जोखिममा

By खबरहब

July 07, 2024

सिन्धुपाल्चोक– लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटे बजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलिब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

२०७८ साल साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलिब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि  सञ्चालनमा आएको थियो ।

उक्त बेलिब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८,  पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ ।

हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताए ।