खेलकुद

कोपा अमेरिका : कोलम्बिया सेमिफाइलनमा

By खबरहब

July 07, 2024

काठमाडौँ– कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न क्वार्टरफाइलन खेलमा पानामालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा पुगेको हो ।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक–एक गोल गरेका थिए ।

यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ ।

पराजित भएको पानामा प्रतियोगिताबाट बाहिरिएको छ ।