अन्तर्राष्ट्रिय

भारतद्वारा रुसमा आलुमिनियम निर्यात

By खबरहब

July 07, 2024

काठमाडौँ– भारतले पहिलो पटक रुसतर्फ आलुमिनियम निर्यात गरेको पाइएको छ ।

भारतीय भन्सारले उपलब्ध गराएको तथ्यांकमा सन् २०२४ को अप्रिल महिनामा रुसतर्फ ४४ हजार ८ सय टन आलुमिनियम निर्यात गरेको उल्लेख छ ।

रुसी समाचार संस्था स्तुत्निकले जनाएअनुसार यसको मूल्य १ करोड ६५ लाख डलर हुन आउँछ ।

विश्वमा रुस आफैँमा महत्वपूर्ण आलुमिनियमको निर्यातकर्ता मुलुक हो ।

सन् २०२३ मा रुसले ६ अर्ब ५० करोड डलरभन्दा धेरैको आलुमिनियम निर्यात गरेको थियो ।

युक्रेनमा जारी युद्धलाई लिएर पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाइरहेको अवस्थामा रुसलाई भारतले आलुमिनियम निर्यात गरेको घटनालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।