खेलकुद

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

By खबरहब

July 07, 2024

काठमाडौं – उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार बिहान भएको खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ब्राजिलमाथि ४-२ गोलले विजयी हुँदै उरुग्वे सेमिफाइनल प्रवेश गरेको हो।

ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ।

उरुग्वेका लागि नाल्टीमा भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गरे । उसका लागि मारिया गिमेनेजको प्रहार ब्राजिलियन किपर एलिसनले रोकेका थिए ।

ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले गोल गर्दा डगलस लुइज र एडर मिलिटाओले पेनाल्टी सुटआउटमासमेत गोल गर्न सकेनन् । ब्राजिल पेनाल्टी सुटआउटमा ४-२ को हार खाँदै क्वाटरफाइनलसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।