अन्तर्राष्ट्रिय

दक्षिणपूर्वी एशियाली चार मुलुकसँगको भुक्तानी सञ्जालमा भारत पनि सहभागी

By खबरहब

July 07, 2024

काठमाडौँ– भारत चार दक्षिणपूर्वी एशियाली मुलुकमा सीमापार खुद्रा भुक्तानी सञ्जालमा आबद्ध हुने भएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुकहरु फिलिपिन्स, मलेशिया, सिंगापुर र थाइल्याण्डमा भारतले सीमापार खुद्रा भुक्तानी सञ्जाल प्रोजेक्ट नेक्ससमा सहभागी हुने तयारी गरेको हो ।

बैंक अफ इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को इनोभेसन हबको अवधारणाअनुसार नेक्सस परियोजना अघि सारिएको छ ।

यस सञ्जालमार्फत् ती मुलुकमा भुक्तानी सेवा सञ्चालन हुने र यसमा भारत पनि संस्थापक सदस्यका रुपमा सहभागी हुन लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले विज्ञप्ति जारी गर्दै यस विषयमा बीआईएस र चार मुलुकका केन्द्रीय बैंकसँग स्विट्जरल्याण्डको बसेलमा सम्झौता गरिएको जानकारी दिएको छ ।