समाचार

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

By खबरहब

July 07, 2024

चितवन– नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति आएको बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो ।

नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

शनिबारदेखि परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।