राजनीति

एमाले संसदीय दलको बैठक : कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्दै ओली

By खबरहब

July 07, 2024

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक संसद् ‍भवन नयाँबानेश्वरमा बसिरहेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसिरहेको बैठकमा अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेससँग गत सोमबार भएको सम्झौताबारे ब्रिफिङ गर्दैछन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरूलाई औपचारिक रुपमा जानकारी गराइने प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाडिसकेको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।

कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति छ ।