समाचार

बाढी उर्लिएको नारायणीमा एक पुरुषले हामफाले, साइकल पुलमै

By खबरहब

July 07, 2024

चितवन- नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबा बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएका हुन् ।

पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छैन । पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ ।

हामफालेपछि पुलमा उनले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ ।