देश/प्रदेश

राप्ती नदीमा बेपत्ता दुवै जनाको शव फेला

By खबरहब

July 07, 2024

दाङ– अविरल वर्षाको कारण राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब ९: ३० बजे सो नदीले बगाएको बताइएको छ ।

त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँ बस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदीले बगाई बेपत्ता भएका थिए ।