समाचार

नारायणहिटी अगाडि पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव (तस्बिरहरू)

By खबरहब

July 07, 2024

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले ७८ औँ जन्मोत्सव मनाउँदैछन् ।

उनको जन्मोत्सवका अवसरमा आइतबार नारायणहिटी संग्रहालयअगाडि एक कार्यक्रम गरिएको छ ।

जन्मजयन्तीका अवसरमा नेपाल शाही युवा शक्तिले शाहको दीर्घायुको कामना गरेको छ ।

उक्त संगठनले शाहको तेस्रो सिंहासनमा आरोहणको कामना गर्दै नारायणहिटी अगाडि एक कार्यक्रम गरेको हो ।