राजनीति

प्रचण्डलाई सुनील शर्माको कटाक्ष : ओराली लागेको हरिणको चाल भो !

By खबरहब

July 07, 2024

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् ।

आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’गीत सुनाएका छन् ।

आफूले उक्त गीत आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डप्रति समर्पित गरेको पनि उनले बताएका छन् ।

सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको उनले बताए । उनले प्रचण्ड नेतृत्वको सरकारमा मेडिकल शिक्षा र ट्याक्स प्रणालीमा सुधार गरी जम्मा दुईवटा मात्रै राम्रा काम गरेको बताए ।

प्रचण्ड नेतृत्वको सरकारको पालामा अन्य केही काम नभएको बताउँदै उनले विदेशबाट हुर्रा र मुर्रामात्रै आएको जिकिर गरे ।