देश/प्रदेश

कोशी लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईं सिफारिस

By खबरहब

July 07, 2024

विराटनगर- कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समिति बैठकले उनलाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईसँग लोकसेवा आयोगमा काम गरेको अनुभव छ ।

उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए। तेह्रथुमको म्याङ्लुङ पुरानो घरका उनी मोरङको मंगलबारेमा बसोबास गर्छन् ।

सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी ब्यवस्था छ ।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोग अध्यक्षको समयावधि ६ वर्षको हुन्छ । यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेरहदका कारण अवकाश लिएका थिए ।