आर्थिक

२१.२७ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

By खबरहब

July 07, 2024

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले बढेको छ । १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर कारोबार हुँदा नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको हो ।

नेप्सेमा आज भएको कारोबारमा १५० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै आजको कारोबारमा १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । आज ८० हजार ८३८ वटा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।