आर्थिक

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

By खबरहब

July 07, 2024

काठमाडौं–  लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रियसभाबाट पारित भएको छ ।

आइतबार बसेको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।

उक्त विधेयकलाई पारित गरियोस् भनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गरेकी हुन् । विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले लगानीको स्पष्ट ढाँचा आउने गरी विधेयकलाई अधि बढाउनुपर्ने धारणा राखेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले लगानी सम्मेलनका क्रममा लगानी सहजीकरण गर्नका लागि लगानी सहजीकरणसम्बन्धी अध्यादेश ल्याइएको र संसदमा प्रतिस्थापन विधेयक ल्याएको बताइन्  ।

उनले राष्ट्रिय निकुञ्ज ऐन र वनसम्बन्धी कानुनलाई विकास आयोजना सञ्चालनको सहजता हेरेर छिटै संशोधन गरिने प्रतिबद्धता जनाइन्  । राष्ट्रियसभाको अर्को बैठक यही बिहीबार बोलाइएको छ ।