सांकेतिक तस्बिर

देश/प्रदेश

रुपन्देही र ललितपुरमा दुई जना मृत फेला

By खबरहब

July 07, 2024

काठमाडौं–  रुपन्देही र ललितपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ न्यु दुर्गानगर डेरा गरी बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका २६ वर्षीय सुशील दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका-१७ सिंचाहिटी स्थित ललितपुर गेष्ट हाउसको ११ नम्बरको कोठामा सोलुखुम्बु घर भएका २१ वर्षीय जीवन निरौला आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।