राजनीति

रास्वपा सचिवालय बैठक, निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै

By खबरहब

July 07, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक चमतीमा जारी छ ।

आजको बैठकमा निलम्बित महामन्त्री मुकुल ढकालले उठाएको विषयमा छलफल हुने बताइएको छ।

निलम्बित ढकाललाई पार्टीको जिम्मेवारीमा फर्काउने या नफर्काउने भन्ने पनि छलफल हुने सचिवालयका एक नेताले जानकारी दिए ।

यस्तै राष्ट्रिय स्वतन्त्रता पार्टी सरकारमा सहभागी भएकाले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा के गर्ने भन्ने विषयमा पनि छलफल हुने ती नेताको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि उनीमाथि छानबिन भइरहेको छ। यस्तै अदालतमा पनि उनको मुद्दाको सुनवाइ भइरहेको छ ।