आर्थिक

प्रभु बैंक र टीथ्री थकाली र साहिनो तन्दुरी सेकुवा कर्नरबीच छुट सम्झौता 

By खबरहब

July 07, 2024

काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल नजिक रहेको टीथ्री थकाली र साइनो तन्दुरी सेकुवा कर्नरले विभिन्न सेवामा  छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टीथ्री थकाली ग्रुप प्रालीका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईँले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सेवा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।