समाचार

नारायणी पुलबाट हामफालेका व्यक्ति ७३ वर्षीय वृद्ध भएको पुष्टि

By खबरहब

July 07, 2024

चितवन- भरतपुरस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान हामफालेर बेपत्ता व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी पुलबाट हामफालेर बेपत्ता भएका व्यक्ति भरतपुर महानगरपालिका-१२ निवासी ७३ वर्षीय नारायणबहादुर गुरुङ हुन् ।

आइतबार बिहान पौने ११ बजे पुलमै साइकल र चप्पलसहितका सामान राखेर गुरुङले उर्लँदो नारायणी भेलमा हामफालेका थिए ।

हामफालेर बेपत्ता व्यक्ति नारायणबहादुर भएको पुष्टि पुलमा छाडिएका सामानका आधारमा उनका छोरा देवबहादुर गुरुङले गरेका प्रहरीले जनाएको छ ।

उनी हामफालेको उक्त स्थानमा विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको थियो । तर ठूलो बाढी आएको नारायणीमा उनको खोजी असम्भव जस्तै थियो ।

हामफालेपछि पुलमा उनले साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका थिए । तिनै सामानबाट नारायणबहादुरको पहिचान भएको हो ।