समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस–एमालेको आग्रह

By खबरहब

July 07, 2024

काठमाडौं – नेपाली कांग्रेस र नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

दुवै पार्टीको संसदीय दलले आज संयुक्त विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार सञ्चालनका लागि नैतिकता गुमाइसकेको बताएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह र नेकपा (एमाले) संसदीय दलको नेता राजेन्द्रसिंह रावलले हस्ताक्षर गरेका विज्ञप्तीमा बहुमत गुमाइ सकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन आग्रह गरिएको छ।