अन्तर्राष्ट्रिय

भारतीय पर्यटकलाई आकर्षित गर्ने लाओसको योजना

By खबरहब

July 07, 2024

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुक लाओसले भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारेको छ ।

लाओसको पर्यटन एवा् संस्कृति मन्त्रालयका महानिर्देशक खोम डोआङचान्ताले सन् २०२४ मा आफ्नो मुलुकले भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना ल्याएको बताएका छन् ।

आफ्नो मुलुकमा विविध प्राकृतिक, साँस्कृतिक एवम् ऐतिहासक पर्यटकीय गन्तव्य रहेको भन्दै उनले यो वर्ष पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरु पनि तयार पारिएको उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले सन् २०२३ मा आफ्नो मुलुकमा १४ हजारभन्दा धेरै भारतीय पर्यटकले भ्रमण गरेको भन्दै सन् २०२४ को पहिलो त्रैमासमा मात्रै ४ हजारभन्दा धेरै भारतीय पर्यटक लाओस आइसकेको जानकारी दिए ।

एएनआईसँगको कुराकानीमा उनले आफ्नो मुलुकको पर्यटन मन्त्रालयले भारतीय पर्यटन मन्त्रालयसँगको समन्वयमा पर्यटन प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिरहेको उल्लेख गरे ।

उनले लाओसको पर्यटन प्रवद्र्धन गर्न भारतीय सञ्चार माध्यमलाई पनि यहाँ घुम्न निम्ता गरिएको समेत जानकारी दिए ।