राजनीति

एमालेले डाक्यो सचिवालय बैठक

By खबरहब

July 07, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।