देश/प्रदेश

बाबुरामको कटाक्ष : प्रचण्डलाई देखेर लेनिनले के भन्दा हुन् ?

By खबरहब

July 07, 2024

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जाल एक्समार्फत भट्टराईले संविधानसभा मार्फत बनाएको आंशिक समानुपातिक समावेशितासहितको प्रतिनिधिसभामा जनयुद्धका ‘सर्वोच्च कमाण्डर’ प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको उल्लखे गरेका छन् ।

उनले लेखेका छन्, ‘ जनयुद्ध शुरू हुनु अघि हामी तत्कालीन क्रान्तिकारी माओवादीहरू लेनिनलाई उद्धृत गर्दै भन्दथ्यौं, ‘पुॅजीवादी संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो।’ तर अहिले अपूरो क्रान्तिपछि आफैले संविधानसभा मार्फत बनाएको आंशिक समानुपातिक समावेशितासहितको प्रतिनिधिसभामा जनयुद्धका ‘सर्वोच्च कमाण्डर’ प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको देख्दा लेनिनले के भन्दा हुन् ?’