समाचार

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग नियमित सञ्चालनमा

By खबरहब

August 07, 2024

चितवन– पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११ः३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार लामो समयसम्म सडक अवरुद्ध बनेका कारण रोकिएका सवारी साधन पार गराएर दुवैतर्फ सडक खुलाउने काम गरिने छ ।

 बिहान ७ः३५ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।