नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ।

समाचार

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

By खबरहब

August 07, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाप्रति सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि सो भेटघाटलाई संक्षिप्त बनाएका थिए ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।