मुख्य समाचार

सूर्यचौरको जंगलमा जलिसकेको अवस्थामा भेटियो हेलिकप्टर (तस्बिरहरू)

By खबरहब

August 07, 2024

 काठमाडौं– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

नागरिक उड्यन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन(एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो ।

अहिले प्रहरी घटनास्थल पुगिसकेको छ । उद्धार कार्य जारी रहेको छ ।