प्रधानमन्त्री ओली भलिबलको फाइनल हेर्न गएनन्

By खबरहब

August 07, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन खेल हेर्न नजाने निर्णय लिएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुन लागेको फाइनल हेर्ने कार्यक्रम ओलीले अन्तिम समयमा स्थगित गरेका छन् ।

आज अपराह्न ५ बजे राखेपको कभर्डहलमा नेपाल र भारतीय महिला टोलीबीच काभा भलिबलको फाइलन खेल हुँदैछ ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएसँगै ओलीको कार्यक्रम स्थगित भएको हो।