समाचार

मधेसमा मन्त्रिपरिषद् विस्तारविरूद्ध कुर्सी जुलुस

By खबरहब

August 07, 2024

जनकपुरधाम–  मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारको विरूद्धमा जनकपुरधाममा कुर्सी जुलुस निकालिएको छ ।  

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले संयुक्त रूपमा मन्त्रिपरिषद् विस्तारको विरूद्धमा मधेस सरकारविरूद्ध कुर्सी जुलुस निकालेका हुन् ।  

मधेस सरकारविरुद्ध नारावाजी गर्दै जनकपुरधामको रामानन्द चौकबाट सुरु भएको कुर्सी जुलुस नगरको विभिन्न भाग हुँदै जनक चौकमा गएर कोण सभा गरेको छ  ।