राजनीति

कांग्रेसले सरकारलाई सचेत गराउँदै भन्यो- बंगलादेशको असर नेपालमा पनि पर्न सक्छ

By खबरहब

August 07, 2024

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले प्रधानमन्त्री शेख हसिनाले मुलुक छाड्नु पर्ने गरी बंगलादेशमा भएको घटनाको असर नेपालमा पर्न नदिन सरकारलाई सचेत गराएको छ ।

ललितपुरको सानेपामा बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले बंगलादेशको घटनाको असर नेपालमा पर्न नदिन सरकारलाई सचेत गराएको हो ।

‘बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ,’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ ।’

बैठकमा केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराएकी थिइन् ।