देश/प्रदेश

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

By खबरहब

September 07, 2024

चितवन– सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङ नजिकै आज बिहान सुक्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ ।

उनले पहिरो हटाउने काम भइरहेको जानकारी दिए ।