फाइल फोटो

समाचार

जुम्लामा निःशुल्क आँखा शिविर

By खबरहब

September 07, 2024

जुम्ला– जुम्लामा तीन स्थानीय तहमा सञ्चालित तीन दिने  आँखा शिविरमा चार सय ९८ जना लाभान्वित भएका छन् । 

तिलगङ्गा आँखा अस्पताल काठमाडौँ र जिल्लाका स्थानीय निकायको समन्वयमा सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा आँखा शिविर सञ्चालन भएका  थिए । 

शिविरबाट ‘रेफर’ भएर आएका बिरामीको नेत्र विशेषज्ञ सन्दुक रुइतको उपस्थितिमा यही भदौ २२, २३ र २४ गते कर्णाली स्वास्थ्य विज्ञानमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिने जनाइएको छ ।