४० थान गोलीसहित दुई भारतीय पक्राउ

By खबरहब

September 07, 2024

काठमाडौं– कञ्चनपुरको गड्डाचौकी सीमानाका भएर नेपाल भित्रिन लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । 

गड्डाचौकी नजिकै रहेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो । 

एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

उनीहरूका अनुसार एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई एसएसबीले बनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ ।